प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु

काठमाडाैं | असोज ६, २०८०

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो ।


भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा छलफल भयो भन्ने खुलेको छैन । यो भेटघाटपछि प्रचण्डले दुईा घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।


संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री न्युयोर्कबाटै चीन जानुभएको हो । उहाँलाई  बिहान चीनको हाङजाओ विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलमन्त्री एवम्  १९ औँ एसियन गेम्स २०२३ का अध्यक्षले स्वागत गर्नुभएको छ ।


प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ पुग्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो ।   

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्